Comments Add Comment

पुलिस अन्तिम चारमा

६ माघ, काठमाडौं । नेपाल पुलिस क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिला तर्फ सोमबार सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । होङ्गवान्जी न्यू डायमन्डसँग ३–२ ले पराजित पुलिसले १ अंक जोडेको थियो भने ढोरपाटनलाई पराजित गर्दै थप ३ अंकका साथ कुल ४ अंक बटुल्न सफल भयो । समूह बिजेता र उपबिजेताको टुंगो भने होङ्गवान्जी न्यू डायमन्ड र ढोरपाटन स्पोर्टस क्लब बीचको नतिजाबाट हुनेछ ।

महिलाको अर्को खेलमा समूह चरणबाट बाहिरी सकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) र जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर ९जेभिसी० बीचको खेलमा बीएमसी विजयी भयो । बिएमसीले जेभिसीलाई २५–८, २५–९, २५–१५ ले पराजित गर्यो‍ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपमा पुरुषतर्फ सेनाको त्रिभुवन आर्मी क्लब (टिएसी) ग्रुप ‘ए’ मा समूह बिजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको छ ।

टिएसीले सोमबार नयाँबजार सामाजिक युवा क्लब (एनवाईसी)लाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित गर्यो‍ । टिएसीले दुई खेलबाट ६ अंक जोड्न सफल भयो । टिएसीसँग पराजित भएतामा पनि एनवाइसी एक जितका साथ समूह उपबिजेताका रुपमा क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । समूह ए बाट आरजी भलिबल ग्रुप भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ ।

ग्रुप ‘बी’को अर्को खेलमा भने बुलबुले रारा क्लब (बीआरसी)ले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई २५–१५, २५–२१, २५–१० ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।

मंगलबारको खेल बिहान पहिलो खेल साढे ९ बजे पुरुष तर्फ एपीएफ र जेभिसी, दोश्रो खेल एनपीसी र एमभिसी तथा महिला तर्फको पहिलो खेल साढे १ बजे एपीएफ र टिएसी र दोश्रो खेल एचएनडी र डीएससी बीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment