Comments Add Comment

के तपाईं आफैलाई माया गर्नुहुन्छ ?

जब तपाईंआफैसँग खुसी हुनुहुन्छ र आफैलाई माया गर्नुहुन्छ तपाईंले आफूलाई अरुसँग तुलना गर्न छाड्नुहुन्छ र आत्मविश्वास बढाउन सक्नुहुन्छ । आफैलाई प्रेम गर्न थाल्नुभयो भने अरुले के सोच्छन भन्नेबारेमा चिन्ता लिन छाड्नुहुन्छ ।

के तपाईंले आफूले आफैलाई माया गर्नुहुन्छ भनेर इमान्दारीपूर्वक भन्न सक्नुहुन्छ ? कतै तपाईंलाई आफैसँग खुसी हुन धेरै कठिन त भैरहेको छैन ?

आफु स्वयमलाई प्रेम गर्ने कुरा तपाईंलाई उति काइदाको नलाग्न सक्छ । जबकी यो तपाईंले आफ्नो लागि गर्न सक्ने सबैभन्दा राम्रो कुरा हो ।

आफैसँग प्रेम गर्नाले तपाईंमा आत्मविश्वास बढ्छ, तपाईंले आत्म सन्तुष्टी पाउनुहुन्छ र यसले तपाईंलाई सकरात्मक बन्न पनि सहयोग गर्छ । तपाईंलाईआफैसँग प्रेममा पर्न पहिले आफ्नो बारेमा सोच्न थाल्नुपर्छ ।

आफै रमाउनुहोस्

केही दिनको लागि समय छुट्याउनुहोस् र केहि नयाँ कुरा गर्नुहोस जसले तपाईंलाईमज्जा आँउछ । यसो गर्नाले तपाईंआफैसँग रमाउन सक्नुहुन्छ र तपाईंमा आत्मविश्वास बढ्छ । तपाईंएक्लै कुनै सिनेमा हेर्न जान सक्नुहुन्छ वा एक्लै कतै घुम्न निस्कन सक्नुहुन्छ ।

कम्तीमा वर्षको एकपटक भ्रमण गर्नुहोस्

यो तपाईंको सुविधाको क्षेत्रभन्दा बाहिरको कुरा होला तर, यो धेरै नै राम्रो कुरा हो । यदि तपाईंआफ्नो हिसाबले घुम्न सक्नुभयो भने तपाईंले आफ्नो प्रेम अनुभव गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो बारेमा मात्रै हैन अन्य सँस्कृतिको बारेमा पनि नयाँ कुराहरु जान्न सक्नुहुन्छ । यसले पनि व्यस्त जीवनबाट केहि दिनको लागि भएपनि छुटकारा दिन्छ ।

आफ्नो गल्तीको लागि आफैलाई माफी दिनुहोस्

कहिलेकाहीँ हामीबाट कुनै भुल वा गल्ती हुन सक्छ तर तपाईंले त्यसलाई माफी दिने र बिर्सने गर्नुपर्छ । यदि तपाईंले केही गलत रोजाइ गर्नुभयो भने पछि तपाईंले आफ्नो रोजाइलाई माफी दिन सक्नुहुन्छ र तपाईंले पुराना कुराहरुलाई बिर्सन सक्नुहुन्छ । गल्तीको बाबजुद पनि आफैलाइ माया गरेमा तपाईंले आत्मसम्मान महसुस गर्न सक्नुहुन्छ

सबै कुरामा कोही पनि पूर्ण हुँदैन भन्ने सोचौं

कोही पनि केहि पनि कुरामा पूर्ण हुँदैन र तपाईंले आफुलाई पनि यस्तो हुनको लागि अपेक्षा गर्न सक्नुहुन्न । केहि कुराहरु हुन्छन जुन हामीले राम्रोसँग गर्न सक्दैनौं तर त्यसलाई स्विकार गर्नको लागि धेरैलाई धेरै गाह्रो हुनसक्छ ।

अरुलाई नाई भनेर आँफैलाई माया गर्न सिक्नुहोस्

कहिलेकाहीँ हामी अरुको लागि धेरै कुराहरु गर्छौं । हामीलाई अरुलाई दुखी बनाउन मन लाग्दैन र आँफैलाई दुख दिएर अरुलाई सक्नेजति सहयोग गर्छौं । हामी आफ्नो बारेमा भने सोच्न पनि भुल्छौं । त्यसैले कहिलेकाँही अरुलाई हुँदैन भन्न पनि सक्नुपर्छ आफ्नो काममा केन्द्रित हुनुपर्छ ।

आफ्नो उपलब्धीको सूची बनाउनुहोस्

तपाईंले अहिलेसम्म हासिल गरेको कुराहरुको सूची बनाउनु पनि आफैलाई प्रेम गर्ने एक राम्रो तरिका हो । यसले तपाईंलाई आफू राम्रो लाग्न थाल्छ र तपाईंले जे हासिल गर्नुभएको त्यसले तपाईंलाई खुसी दिन्छ । कहिलेकाहीँ नकरात्मक कुराहरु सोचेर हामी सकरात्मक कुराहरु बिर्सन पनि सक्छौं । त्यसैले यो तपाईंलाईआफ्नो बारेमा सम्झाउने राम्रो तरिका हो ।

आफ्नो लक्ष्य निर्धारण गर्नुहोस्

आफ्नो लक्ष्य निर्धारण गर्नाले तपाईंलाईआफ्नो भविष्यको राम्रो बनाउनको लागि उत्साहित बन्नुहुन्छ । तपाईंआफ्नो सपनामा केन्दि्रत भएर आफ्नो जीवनलाई र आफूलाई माया गर्न थाल्नुहुन्छ ।

नयाँ कुरामा रुची लिनुहोस्

तपाईंले पहिले देखि नै गर्न चाहेको तर नपाएको वा केहि कुरा गर्न तपाईं डराउनु भएको थियो भने अब नयाँ काम गर्नु धेरै नै राम्रो कुरा हो ।

केहि नयाँ कुरा अनुभव गरेमा तपाईंत्यसमा रमाउन पनि सक्नुहुन्छ । वा तपाईं जान चाहनुभएको कुनै ठाँउमा जान सक्नुहुन्छ ।

आफैलाई चुनौती दिनुहोस्

यदि तपाईंले आफैलाई चुनौती दिनुभयो भने तपाईंले आफूलाई चिन्न सक्नुहुन्छ । यसबाट तपाईंके कुरामा राम्रो हुनुहुन्छ भन्ने करा थाहा हुन्छ । यदि तपाईं रुचीको लागि मात्रै गाउने गायक हुनुहुन्छ भने तपाईंले कुनै कार्यक्रममा गाउन सक्नुहुन्छ । यसले तपाईंलाई चुनौती दिनाको साथै आत्मविश्वासी पनि बनाउँछ ।

कामको बीचमा विश्राम लिनुहोस्

कामको तनाव भएको बेलामा तपाईंले मात्रै केहि मिनेटको लागि मात्रै भने पनि विश्राम लिन सक्नुहुन्छ । तपाईंको व्यस्त जीवनशैली र कामबाट एकछिन मात्रै विश्राम लिएरमा पनि तपाईंलाई धेरै नै आनन्द महसुस हुन्छ । यसले तपाईंलाईताजगी प्रदान गर्छ र तपाईंमा झनै स्फूर्ती बढ्छ । विश्राम लिएर तपाईंध्यान गर्न सक्नुहुन्छ वा पुस्तक पढ्न सक्नुहुन्छ ।

कुनै उपलब्धीमा खुसीयाली मनाउनुहोस्

तपाईंआफ्नो उपलब्धीमा खुसीयाली मनाउन सक्नुहुन्छ । तपाईंले साथीहरुलाई आफुले के के गरेँ भनेर भन्न सक्नुहुन्छ र आफ्नो अनुभवहरु बाँड्न सक्नुहुन्छ । तपाईंले राम्रो काम गरेकोमा आफैलाई श्रेय दिन वा प्रशंसा गर्न सक्नुहुन्छ ।

आफ्नो विश्वास गर्नुहोस्

आफैलाई प्रेम गर्ने एक तरिका तपाईंआफैले विश्वास गर्ने हो । तपाईंआफ्नो मान्यताहरुमा दृढ हुनुपर्छ । तपाईंले आफूलाई के राम्रो हुन्छ जस्तो लाग्छ त्यो काम गर्नुपर्छ । आत्मविश्वासलाई तपाईंले गुमाउनुहुँदैन । तपाईंले आँफैलाई विश्वास गरेपछिमात्रै अरुले पनि तपाईंलाईविश्वास गर्छन् ।

आफ्नो ख्याल गर्नुहोस्

यो सामान्य कुरा जस्तो लाग्छ तर आफ्नो ख्याल गर्नाले तपाईंले आफुलाई प्रेम गर्न सिक्नुहुन्छ । यदि तपाईंले आफ्नो ख्याल गर्नुभयो भने तपाईंआफैमा पनि धेरै राम्रो बन्न सक्नुहुन्छ । धेरै मानिसले आफ्नो बारेमा ख्याल गरेका हुँदैनन तर आफ्नो ख्याल गर्ने बानीले तपाईंले आफूले चाहेजसरी आफ्नो जीवन जिउने कला सिक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment