+
+
Shares

गोरखामा गाँजा किन्ने र बेच्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते १६:४५

७ माघ, गोरखा । गोरखाको अजिरकोट गाउँपालिका-५ रातामाटाबाट अवैध लागूऔषध गाँजा बेच्ने र खरिद गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अजिरकोट-५ का नरबहादुर नेपाली, काभ्रेको दाप्चा नगरपालिका–४ का १९ वर्षीय सागर तामाङ र चितवनको गीतानगर बस्ने २४ वर्षीय गणेश भुजेल रहेका छन् । नरबहादुर गाँजा बेच्ने व्यक्ति हुन् भने तामाङ र भुजेल गाँजा खरिदकर्ता हुन् ।

इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

अनुसन्धानको क्रममा उक्त गाँजा नरबहादुरसँग खरिद गरेको खुल्न आएपछि उनलाई पनि नियन्त्रणमा लिएको अधिकारीले बताए । गाँजा खरिद गर्ने र बिक्री गर्ने तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?