Comments Add Comment

‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज

चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । यो गीतले चलचित्र ‘प्रसाद’को ‘सारङ्गी रोयो कहाँ रोयो’ बोलको गीतको याद दिलाउँछ । सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द, केतन क्षेत्रीको स्वर छ ।

माघ २४ गतेबाट रिलिज हुने यो चलचित्रमा विशाल सापकोटाको लेखन तथा निर्देशन छ । दिनेश राउत र सुभाष थापा निर्माता रहेको चलचित्रमा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माता छन् ।

चलचित्रमा सुशन प्रजापतिको छायांकन, निर्मल कुमार लामाको कोरियोग्राफी छ । यो चलचित्रमा विपिन कार्की, लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘सेल्फी किङ्ग’ नाम गरेको एक चर्चित टेलिभिजन कलाकारको ३ दिने यात्राको कथामा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment