+
+

मलेसियामाथि नेपालको १७२ रनको जित, सिरिज नेपालको पोल्टामा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते १६:२८

७ माघ, काठमाडौं । दोस्रो एकदिवसीयमा १७२ रनको जितसँगै नेपाली टोलीले मलेसिया विरुद्धको तीन म्याचको सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ ।

पोखरा क्रिकेट मैदानमा नेपाल क्यान प्रेसिडेन्ट ११ ले दिएको २९१ रनको लक्ष्य  पछ्याएको मलेसिया सेलेक्सन ११ ले २८.४ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र बजाउन सक्यो । उसका भुषण विलास सेवले सर्वाधिक २४ रन बनाए ।

उसलाई सस्तैमा समेट्ने क्रममा किशोर महतोले १९ रन खर्चिएर ३ विकेट लिए । ललितनारायण राजवंशीले पनि ३ विकेट लिँदा सुशन भारीको नाममा २ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाली टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लसँगै रोहितकुमार पौडेलले अर्धशतक बनाए । रोहित ५७ र मल्ल ५४ रनमा रिटायर्ड हर्ट भए भने सुवास खकुरेलेल ४८ रन बनाए । लोकेश बमले ३४ रन बनाउँदा सुनिल धमलालले २४ र विनोद भण्डारीले २१ रन जोडेका थिए ।

तेस्रो सिरिज बिहीबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?