
७ माघ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आन्तरिक उडानको टिकट बुकिङ अब नेपाल एयरलाइन्सको मोबाइल एपबाटै गर्न सकिने भएको छ ।
नेपाल एयरलाइन्सले एन्ड्रोइड मोबाइलका लागि मोबाइल एप्लिकेसन बनाएर सेवा सुरु गइसकेको छ । ‘आइओएस’बाट समेत केही साताभित्रै यो सेवा सुरु हुने नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।
अहिले अनलाइन बुकिङको लागि इ-सेवा र आईएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ ।
अन्तराष्ट्रिय उडानको टिकट अहिले अनलाइनबाट बुक गर्न सकिन्छ । त्यसबाहेक एपबाट समेत अन्तराष्ट्रिय उडानको टिकट समेत बुकिङ र खरीद गर्न सकिने प्रावधान ल्याउँदैछ ।
‘नेपाल एयरलाइन्स’ नाम रहेको राष्ट्रिय ध्वजावाहकको आधिकारिक मोबाइल एपबाट उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचनासमेत नोटिफिकेशनमार्फत् प्राप्त हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4