+
+
Shares

वन विनाशकै कारण मलेरिया हिमाली जिल्लामा पनि सर्‍यो : पूर्व राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते २०:२५

७ माघ, जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मलेरिया रोग हिमाली जिल्लासम्म फैलिनुको प्रमुख कारण वन विनाश भएको बताएका छन् । उनले वन विनाश र नदी खोलाको दोहन जारी रहे केही वर्षभित्रै मुलुक बर्बाद हुने बताए ।

खोला उत्खननको बिरोध गरेका कारण हत्या गरिएका दिलिप महतोको १३ औं दिनको पुण्यतिथीको अवसर पारेर उनको गाउँ मिथिला नगरपालिका ५ श्रीनगरमा आयोजना गरिएको श्रद्वाञ्जलीसभालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले सरकारले नै वन विनाश गर्दै आएको बताए । ‘वन विनाशकै कारण मलेरिया रोग हिमाली जिल्ला मनाङ्, मुस्ताङमा पनि देखिन थाल्यो’ उनले भने, “म आफैं स्वास्थ्यमन्त्री छँदा पहाडी जिल्लामा पनि मलेरिया थिएन् । तराई/मधेशमा मात्रै देखापर्थ्यो ।”

नेपालको धर्ती बर्बादतर्फ उन्मुख रहेको भन्दै उनले चिन्ता प्रकट गरे । ‘नेपालको भविष्य वातावरणीय दृष्टिकोणले भयावह बन्ने स्थितिमा पुग्यो’ उनले भने, “हामी आफ्नो सन्तानलाई कुन किसिमको धर्ती दिने हो, कस्तो नेपाल सुम्पिने हो ?”

सरकारले नै पटक–टक विकासको नाममा वनको विनाश गरेको उनले बताए । ‘३० बर्षअघिसम्म ढल्केबरमा केहि साना पसलहरु मात्रै थियो । पथलैया पनि यस्तै थियो’ उनले भने, “दिनप्रतिदिन वन विनाश गर्ने र खोलाको दोहन गर्ने क्रम बढेपनि सरकार मुकदर्शक बन्नु निश्चय नै राम्रो होइन् ।”

वनको विनाश र खोलाको दोहन सम्बन्धमा सरकार गम्भीर नभए मुलुक नै मरुभुमी बन्ने भएकाले सरकार र राजनीतिक दललाई मौनता तोडेर संरक्षण गर्नुपर्ने बताए ।

श्रद्वाञ्जलीसभाका बक्ताहरुले दिलिपलाई पर्यावरण शहीद घोषणाको माग गरेका थिए ।

दिलिपको तेह्रौ दिनको पुण्यतिथीको अवसर पारेर सो ठाउँमा वृक्षारोपण समेत गरिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?