काठमाडौं । एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।
एसीएन क्रिकेट काउन्सीलले इस्टर्न रिजन फागुन १५ देखि २३ (फेब्रुअरी २७ देखि मार्च ६) सम्म हुने जनाएको छ । प्रतियोगिता थाइल्याण्डमा हुनेछ ।
एसिया कप टी२० को लागि अगष्टमा हुने क्वालिफायरका लागि एसीसीले इस्टर्न र वेस्टर्न रिजनबाट टोली छनोट गर्नेछ । त्यसका लागि इस्टर्न र वेस्टर्न प्रतियोगिता हुनेछ ।
इस्टर्न रिजनमा नेपालसहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्डलेप्रतिस्पर्धा गर्नेछन् ।
यस्तै वेस्टर्न रिजन फागुन ९ देखि १६ सम्म ओमनमा हुनेछ । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई छन् ।
दुवै रिजनबाट शीर्ष दुई टोली एसिया कप क्वालिफायरमा छनोट हुनेछ । क्वालिफायरमा चारटीमबीच प्रतिस्पर्धा हुनेछ र विजेता टिम सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ ।
एसिया कपमा टेष्ट खेल्ने पाँच टिम भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित छनवटको विजेता गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4