Comments Add Comment

नारायणगढ–मुग्लिन खण्डको अवरोध हट्यो

८ माघ, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मंगलबार राति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको थियो । सडकको दुवैतर्फका सवारी रोकिएका थिए ।

राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार, दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरी सडकको पहिरो हटाइएको हो ।

यो सडक खण्ड वर्षाका अतिरिक्त हिउँदमा पनि पहिरोको चपेटामा पर्दै आइरहेको छ । आयोजनाका अनुसार सडक विस्तारको काम सकेर अहिले पहिरो रोक्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment