+
+
Shares

संस्कृति झल्कने चित्रले सजिने छन् काठमाडौंका भित्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ८ गते १०:४४

८  माघ, काठमाडौं । काठमाडौंका सडक छेउछाउका भित्ता अब कला संस्कृति झल्कने चित्रले सजिने भएका छन् । सहरको सौन्दर्य बढाउने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले सहरका भित्ताहरूमा यस्तो सजावट गर्न लागेको हो ।

यसका लागि महानगरको सहरी योजना आयोगले काम थालेको छ । आयोगका सदस्य मनराजा रञ्जितले सहरको सौन्दर्य बढाउन चालु आर्थिक वर्षभित्र महानगरपालिका क्षेत्रमा भित्तेचित्र बनाइन लागेको जानकारी दिए । महानगरले यसका लागि बजेट व्यवस्थापनसमेत गरिसकेको उनले बताए ।

सदस्य रञ्जितका अनुसार, पहिलो चरणमा गौशालाको वनकाली, माइतीघर, सिनामंगललगायत स्थानका भित्तामा यस्ता चित्र बनाइने उनले बताए ।

उनका अनुसार, भित्ताहरूमा इन्द्रजात्रा, हाँडी गाउँको जात्रा, अष्टमात्रिका देवतालगायतको चित्र पनि रहने छ ।

महानगरले यससम्बन्धी अध्ययन गर्न ललितकला प्रतिष्ठानका कुलपति के.के कर्माचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति समेत बनाएको थियो । उक्त समितिमा प्रतिष्ठानका प्राज्ञ, कलाकार र रञ्जितसमेत सदस्य छन् । समितिको सदस्य सचिवमा भने महानगरको सम्पदा विभाग प्रमुख रहेका छन् ।

सो समितिले आगामी एक साताभित्र प्रतिवेदनसमेत बुझाउने गरी काम गरिरहेको उनले जानकारी दिए । ‘समितिले दिएको सुझावका आधारमा भित्तेचित्रको काम सुरु हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?