Comments Add Comment

साढे चार सय किलोका पहलमानलाई चाहियो १ सय किलोकी श्रीमती

पाकिस्तानी हल्कको नामले परिचित २७ वर्षकी अरबाब खिजर हयात पेशाले भारत्तोलक पनि हुन् । उनलाई खान बाबाको नामले पनि चिनिन्छ । उनको वजन ४ सय ४४ किलोग्राम रहेको छ । तर यो भिमकाय वजन अब उनकै लागि समस्याको कारक बनेको छ ।

किनकी उनले अहिलेसम्म आफ्नो साइजको जिवनसाथी फेला पार्न सकेका छैनन् । साढे ४ सय किलो वजनका हल्कलाई कम्तीमा १ सय किलो वजनकी पत्नी चाहिएको छ । ताकि उनको जोडी सुहाओस् ।

खैबर पख्तुनख्वा जिल्लाको मरदानमा बस्दछन् अरबाब । उनी भन्छन्, ‘मेरा बुबाले चाहनुहुन्छ कि मेरो बिहे होस् । मेरो बुवाले आफ्ना नाति नातिना होस् भन्ने चाहनुहुन्छ । तर मैले अहिलेसम्म केटी फेला पारेको छैन । पछिल्लो सात वर्षदेखि मैले जोडी खोजिरहेको छु । अहिलेसम्म दुई तीन सय केटी हेरिसकेँ । तर ती सबै औसत वजनका मात्र थिए ।’

अरबाबको परिवारले उनको हुनेवाला बेहुलीको उचाई ६ फिट चार इन्च हुनुपर्ने शर्त राखेको छ । अरबाबको उचाई ६ फिट ६ इन्च रहेको छ ।

साथै हुनेवाला बेहुलीसँग राम्रो खाना बनाउने सिप हुनु पनि आवश्यक छ । स्मरण रहोस् कि अरबाबलाई दैनिक १० हजार क्यालोरी डाइट चाहिन्छ । उनले हरेक बिहान ब्रेकफास्टमा मात्रै ३६ वटा अण्डा खाने गर्दछन् । त्यसका साथै उनले एक दिनमा चारवटा कुखुराको मासु र पाँच लिटर दुध समेत खान्छन् ।

आफ्नो एकमात्र लक्ष्य विश्वकै सबैभन्दा बलवान व्यक्ति बन्नु रहेको उनी बताउँछन् । यसका लागि उनले किशोरावस्थादेखि नै आफ्नो वजन बढाउन सुरु गरेका थिए । जुन सिलसिला अहिले पनि जारी छ । आफूलाई कुनैपनि स्वास्थ्य समस्या नरहेको र आफु पूर्ण रुपमा फिट रहेको उनको दाबी छ ।

एक ट्रयाक्टरलाई रसीले बाँधेर तानेको भिडियो भाइरल बनेसँगै अरबाब पहिलोपटक चर्चामा आएका थिए । सन् २०१२ मा जापानमा आफुले ५ हजार किलो वजन उठाएको दाबी उनको छ ।

साथै आफुलाई डब्लुडब्लुइ बाट पदक प्राप्त भएको र आफ्नो नाम गिनिज बुकमा समेत लेखिएको जिकिर उनको छ । यद्यपि यथार्थमा चाहीँ उनको नाम गिनिज बुकमा हालसम्म दर्ज भएको देखिँदैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment