+
+

मर्जर सफल भए पछि कालिकाद्वारा अनाथालयलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ८ गते १८:२२

८ माघ, काठमाडौं । स्याङ्जाको फेदीखोला–१ स्थित अमोर वाल गृहलाई स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले मंगलबार रु. १ लाख नगद सहयोग गरेको छ । जनसेवी लघुवित्त वित्तीय संस्थालाई गाभेर एकिकृत कारोवार शुरु गरेपछि पहिलो पटक कालिकाले अनाथालयलाई सहयोग गरेको हो ।

आमाबुवा नभएका अनाथ वालवालिकाहरुको संरक्षण तथा लालन पालन गर्दै आएको अमोर वालगृहमा गण्डकी प्रदेश सभा सदस्य तथा विधायन समिति सभापति मोहन रेग्मीको प्रमुख आतिथ्यतामा कालिका लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक कृष्ण खाँण, प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा, बरिष्ठ प्रबन्धक केशव प्रधान, पायनियर कलेजका प्राध्यापक नासिर खान लगायतको उपस्थितिमा वालगृहका अध्यक्ष कमला पराजुलीलाई चेक मार्फत उक्त सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग वितरण कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य तथा विधायन समिति सभापति मोहन रेग्मीको प्रमुख आतिथ्यतामा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रेग्मीले वाल गृहको भौतिक पुर्वाधार विकास तथा वाल गृह सम्म पुग्ने बाटो मर्मत एवं पक्की बनाउनको लागि सहयोग गर्ने तथा सहयोग खोज्ने प्रतिवद्धता गरे ।

संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट उक्त सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी गराए ।

वाल गृहमा हाल २० जना अनाथ वालवालिकाहरु रहेको र वाल गृह संचालनको लागि विदेशी संघ संस्थाहरुको सहयोग नलिई मुठी दान र स्वदेशी दाताहरुबाट नै गृह सञ्चालन गरिरहेको गृहका अध्यक्ष पराजुलीले बताए ।

वार्षिक रुपमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सकेको सहयोग गर्दै जाने र अन्य दाताहरुको खोजी गर्नमा व्यक्तिगत रुपमा सहयोग गर्दै जाने वित्तीय संस्थाका अध्यक्ष कृष्ण खाँणले जानकारी दिए ।

कालिका लघुवित्तले गत पौष २३ गते जनसेवी लघुवित्त वित्तीय संस्था लि.लाई गाभेर एकिकृत कारोवार गरेको अवसर संगाल गृहलाई सहयोग गरेको हो । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा कार्यालयहरुबाट करिब ६० हजार सदस्यहरुलाई सेवा पुर्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?