
८ माघ, काठमाडौं । ५५ हजार रुपैयाँ घुस लिएको आरोपमा काठमाडौंको साँखुस्थित मालपोत कार्यालयका नायव सुब्बा रामेश्वर कुईंकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।
नायव सुब्बा कुईंकेलले लेखापढी व्यवसायी सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे बापत उक्त रकम घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनाविरुद्ध बुधबार मुद्धा दायर गरेको हो ।
टङ्गालबाट खटिइएको आयोगको टोलीले सापकोटासँग घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा कुईंकेलले सापकोटासँग घुस लिएको र सापकोटाले पनि उक्त कार्यका लागि घुस दिएको पुष्टि हुन आएकोले दुवै जना विरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4