Comments Add Comment

हिमालय एयरलाइन्सले थाल्यो चोंगकिङमा उडान

९ माघ, काठमाडौं । हिमालय एयरलाइन्सले चीनको चोंगकिङमा विहिबारबाट उडान थालेको छ । चिनियाँ नया वर्षको अवसर पारी कम्पनीले उडान सुरु गरेको हो ।

यो चीनमा कम्पनीको पाचौं गन्तव्य हो । विहिबार पर्यटन मन्त्री योगेश भट्टराई, नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इयोङ, पर्यटन सचीव केदारबहादुर अधिकारीले संयुक्त रुपमा उडान शुभारम्भ गरे ।

यसबाट भ्रमण वर्षमा अझ बढी चिनियाँ नागरिकलाई नेपाल भित्र्उन सहयोग पुग्ने राजदुत यान्छीले बताइन् । कम्पनीले तीन वटा जहाजबाट उडान गरिरहेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले यो उडानले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने बताए । ‘हिमालयले महत्वपूर्ण गन्तव्यमा उडान गरेको छ, अब नेपाल चीन समानतामा पुग्यो, अब नेपाल एयरलाइन्सले पनि उडाउछ,’ उनले भने,’आगामी दिनमा चिनियाँ पर्यटक अझ बढ्ने अपेक्षा लिइएको छ ।’

उनले नयाँ विमानस्थलमा पनि एयरलाइन्सलाई आउन आग्रह गरे । त्यसका लागि सहजीकरण गर्ने मन्त्री भट्टराईले बताए ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीले उडान अझ बिस्तारको गर्ने बताए । ‘अझै गन्तव्य बढ्नेछन्, अब हिमालय ठूलो एयरलाइन्स बन्नेछ, धेरै पर्यटक बोक्नेछौ, धेरै कर तिर्नेछौ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment