Comments Add Comment

नेपालको हवाई सुरक्षा बढाउन ईयू सेफ्टी एजेन्सीले सघाउने

९ माघ, काठमाडौं । यूरोपेली यूनियन एभिएशन सेफ्टी एजेन्सी (आएसा)ले नेपालको हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने भएको छ ।

हवाई सुरक्षा अभिवृद्धि गर्न प्राविधिक सहयोग प्रदान गर्ने सम्बन्धमा आएसा र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता गर्न मन्त्रीपरिषद्ले प्राधिकरणका महानिर्देशकलाई स्वीकृति दिएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपालले पहिलो पटक इयूसँग यस्तो सम्झौता गर्न लागेको हो ।

‘नेपालको हवाई सुरक्षाको बढाउन इयूबाट प्राविधिक सहयोग प्राप्त गर्ने सम्बन्धमा हामीले समझदारी गर्न लागेका हौं,’ उनले भने । उनका अनुसार यो विषय यूरोपेली यूनियनको सेफ्टी लिस्टसँग भने सम्बन्धित छैन ।

महानिर्देशक पोखरेलका अनुसार प्राधिकरणले अमेरिकी नागरिक उड्डयन प्राधिकरण तथा प|mान्सबाट समेत यस्तो सहयोग लिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment