Comments Add Comment

वकिलले किन लगाउँछन् कालो कोट ? यस्तो छ रोचक इतिहास

वकिललाई कालोकोटेको उपमानले पनि चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो शर्ट लगाउँछन् प्रायः वकिलहरू ।

आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ? नेपालमा मात्र होइन, विश्वभरमै किन वकिलको पहिरन कालो कोट र सेतो शर्ट भयो त ?

स्मरणरहोस् बेलायती शासक एडबर्ड तृत्तीयले सन् १३२७ मा वकालतको सुरुवात गरेका थिए । त्यस समय पहिरन संहिताका आधारमा न्यायाधीशहरूको भेषभुषाको मापदण्ड बनाइयो । त्यस समय न्यायाधीशहरूले शीरमा एक भुत्लायुक्त मुकुट लगाउँदथे ।

वकालतको सुरुवातको समयमा वकिलहरूलाई चार भागमा विभाजन गरिएको थियो । जसमा स्टुडेण्ड अर्थात् प्रशिक्षार्थी, प्लिडर, बेन्चर र व्यारिस्टर थिए । ती सबैले न्यायाधीशलाई स्वागत गर्दथे ।

त्यस समय अदालतमा सुनौलो रातो रङको कपडा तथा खैरो रङको गाउन लगाउने चलन थियो । त्यसपछि सन् १६०० मा वकिलको पहिरनमा परिवर्तन भयो । वकिलले पनि लामो खाले गाउन लगाउन सुरु गरे । त्यो पहिरनले वकिल र न्यायाधीशलाई आम सर्वसाधारण भन्दा फरक देखाउँदथ्यो ।

सन् १६९४ मा बेलायती महारानीको बिफरका कारण मृत्यु भयो । रानीको मृत्युमा शोक मनाउनका लागि कालो गाउन लगाएर एकै ठाउँमा जम्मा हुनका लागि तत्कालीन राजा विलियम्सले सबै न्यायाधीश तथा वकिलहरूलाई आदेश दिए । रानीको मृत्युमा लगाइएको त्यो कालो पहिरन त्यसपछि वकिलहरूको आम पहिरन बन्न पुग्यो । सुरुमा गाउनको चलन थियो । तर विस्तारै कालो कोटको चलन आयो । समय क्रमसँगै कालो कोट वकिलको पर्यावाची बन्न पुग्यो ।

कालो कोट तथा सेतो कमिजले वकिलमा अनुशासन कायम गर्ने तथा न्यायप्रति विश्वास जागृत गर्ने आम विश्वास रहेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment