Comments Add Comment

गर्भ रोक्ने मिनी पिल्स, ३५ वर्ष भन्दा माथिका महिलाका लागि

प्रोजेस्टन-ओनली पिल्स अथवा प्रोजेस्टिन-ओनली पिल्स खान मिल्ने गर्भनिरोधक चक्कीहरु हुन्, जसलाई मिनी पिल्स पनि भनिन्छ । अन्य गर्भनिरोधक चक्की जस्तै मिनी पिल्समा पनि प्रोजेस्टिन अथवा प्रोजेस्टोजन नामक एकै प्रकारको हार्मोन हुन्छ र त्यसैले यसको दुष्प्रभाव कम हुन्छ । ३५ वर्षभन्दा बढी उमेरका महिलाहरु नियमित रुपले गर्भनिरोधक चक्कीको प्रयोग गर्न सक्दैनन् । त्यसैले उनीहरुले मिनी पिल्सको प्रयोग गर्न सक्छन् । ती गर्भनिरोधक चक्कीहरु २८ दिनको अन्तरालमा लिन सकिन्छ ।

मिनी पिल्सले कसरी काम गर्छ ?

अन्य सबै गर्भनिरोधक चक्किहरु जस्तै मिनी पिल्सले पनि तपाईंको अण्डाशयमा अण्डा बन्न रोक्छ । त्यसले गर्भाशयको आकारलाई परिर्वतन गर्छ, जसका कारण यो निषेचित अण्डाको आरोपणका लागि प्रतुकूल हुन्छ । त्यसमा प्रोजेस्टिन हार्मोन हुन्छ । ती चक्किहरुमा अन्य मिश्रति गर्भनिरोधक चक्किको तुलनामा धेरै कम प्रोजेस्टिन हुन्छ ।

यो पिल्सको उपयोगपछि

तपाईंको गर्भाशय र तपाईंको योनिबीचको म्यूकस मोटो हुन्छ । त्यसले शुक्राणुहरुलाई अण्डासम्म पुग्नबाट रोक्छ । महिलाहरुलाई दिनहुँ एउटा चक्कि प्रयोग गर्ने सल्लाह प्रदान गरिन्छ । यदि कुनै दिन तपाईंले यो चक्कि खान बिर्सनु भयो भने अथवा एउटै समयमा चक्किको सेवन गरिएन भने त्यस्तो अवस्थामा वैकल्पिक तरीकाहरुका लागि आफ्नो डाक्टरसंग सल्लाह  लिनु पर्छ ।

मिनी पिल्सको प्रभाव

मिनी पिल्स खान मिल्ने गर्भनिरोधक चक्कि जस्तै हो । प्रोजेस्टिन-ओन्ली पिल्स लगभग २८ दिनसम्म सेवन गर्नु पर्छ । महिनावारीको समयमा पनि यसको सेवन रोक्नु हुँदैन । यदि महिनावारी भएको बेला यो पिल्स खानु भएन भने गर्भवति हुने सम्भावना बढ्छ ।

कस्तो महिलाहरुले मिनी पिल्स सेवन गर्न सक्छन ?

स्तनपान गर्ने महिलाहरुले प्रोजेस्टिन-ओन्ली चक्कि प्रयोग गर्न सक्छन् । युवतीहरु र ३५ वर्षभन्दा माथिका महिलाहरु, जो गर्भवती छैनन्, उनीहरुले पनि यो चक्कि प्रयाग गर्ने अनुमति छ । यो चक्किले त्यस्ता आमाहरुका लागि सबैभन्दा राम्रो काम गर्छ, जसले ६ महिनादेखि स्तनपान गराइरहेका छन् । तर पनि यो चक्किको प्रयोग गर्नु अगाडि डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

यो चक्किलाई कसले प्रयोग गर्नु हुन्न ?

यदि तपाईंको कामको समय तालिका अनियमित छ, तपाईंलाई वान्ता हुने अनुभव भयो भने, यदि तपाईंको शरीरको वजन ७० किलोग्राम भन्दा पनि माथि छ भने तपाईंले यो चक्किको प्रयोग गर्न हुँदैन । योनी रक्तस्राव, पुरानो यौन रोग, उच्च रक्तचाप र अन्य पुरानो र मुटु सम्बन्धि रोगहरु भएका महिलाहरुले यो चक्किको प्रयोग नगर्ने सल्लाह दिइन्छ ।

त्यस बाहेक यदि तपाईंलाई यो चक्कि प्रयोग गर्दा पेट दुखेमा, योनिबाट रक्तस्राव अथवा रिगंटा लागेको अनुभव भयो भने यो चक्किको प्रयोग गर्न तुरुन्त बन्द गर्नुपर्छ र चिकित्सकसंग सल्लाह गर्नु पर्छ । स्तन क्यान्सर भएका महिलाहरुले पनि यो चक्किको प्रयोग गर्नु हुँदैन । त्यस्ता समस्या भएको महिलाले यो चक्कि खाने गरेमा कहिलेकाहिं अन्य जटिल समस्याहरु पनि उत्पन्न हुन सक्छ ।

मिनी पिल्सका लाभहरु

प्रोजेस्टोजन-ओन्ली पिल्समा एस्ट्रोजन हुँदैन । त्यसैले त्यसले हृदयघात हुने खतरालाई कम गर्छ ।  मिनी पिल्सको प्रयोग पेल्विक इन्फ्लेमेट्री डिजिज हुने सम्भावनालाई कम गर्छ । मिनी पिल्स प्रयोग गर्ने महिलाहरुलाई एनीमिया हुने सम्भावना कम हुन्छ । मिनी पिल्स प्रयोग गर्ने महिलाहरुलाई अन्य गर्भनिरोधक चक्कि लिने महिलाहरुको तुलनामा महिनावारीको क्रममा कम पेट दुख्छ । मिनी पिल्सले फर्टिलिटीलाई प्रभावित गर्दैन ।

मिनी पिल्सका दुष्प्रभावहरु

प्रोजेस्टोजन-ओनली पिल्सको प्रयोगले स्तनलाई खुकुलो बनाउँछ र महिलाको व्यवहारमा पनि परिर्वतन ल्याउँछ । मिनी पिल्सको सेवन गरेपछि भोक धेरै लाग्छ, जसका कारण वजन धेरै बढ्छ । केही महिलाहरुलाई रिंगटा लाग्ने, वाक-वाक हुने जस्ता समस्याहरु पनि उत्पन्न हुन थाल्छ । महिनावारीमा अनियमितता हुन सक्छ । प्रोजेस्टोजन-ओनली पिल्सले तपाईंलाई यौन सञ्चारित रोगहरुबाट बचाउँदैन । यो पिल्स खाने केही महिलाहरुलाई धेरै निद्रा लाग्ने समस्या हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment