Comments Add Comment

साहरुखलाई फ्यानले सोधे–‘फिल्म फ्लप भैरहँदा कस्तो लाग्दैछ ?’

नायक साहरुख खान ठूलो पर्दाबाट टाढा रहेको १ बर्ष बढी भैसक्यो । सन् २०१९ मा उनका कुनै पनि चलचित्र रिलिज भएनन् । साहरुखले सन् २०२० लागिसक्दा पनि कुनै चलचित्रको घोषणा गरेका छैनन् । उनै, साहरुखले निर्देशक राजकुमार हिरानीको चलचित्रमा काम गर्न लागेको खबर भारतीय मिडियामा फैलिएको लामै समय भैसकेको छ । तर, साहरुखले यस बिषयमा केही पनि बोलेका छैनन् ।

यसैविच, साहरुखले ट्विटरमा आफ्ना फ्यानहरुसँग कुराकानी गरेका छन् । फ्यानले सोधेका प्रश्नको जवाफ उनले दिएका थिए ।

यसमध्ये, एक फ्यानले उनलाई सोधे–‘सर, सबै चलचित्र असफल भैरहेको छ । कस्तो लाग्दैछ, कृपया जवाफ दिनुहोला ?’ यसमा साहरुखले जवाफ दिए–‘आर्शिवादमा विश्वास राख्नुहोस् ।’

एक फ्यानले उनलाई सोधे–‘मन्नतको एउटा रुम भाडामा चाहिएको छ ? भाडा कती पर्छ ?’ यसमा साहरुखले जवाफ दिए–‘३० बर्षको मिहिनेत पर्छ ।’

साहरुखलाई एक फ्यानले यो दशकमा के गर्नुहुन्छ भनेर प्रश्न सोधे । जसमा साहरुखले जवाफ दिए–‘यो दशकमा म मेरो जीवनकै उत्कृष्ट चलचित्रमा काम गर्छु ।’ साहरुख र फ्यानको सवालजवाफ ट्विटरको विश्व ट्रेन्डिङको नम्बर १ स्थान ओगट्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment