+
+

महिलालाई फोन गरेर जिस्क्याउने दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते १७:३५

१० माघ, वीरगञ्ज । फोन गरेर महिलालाई जिस्क्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको देवताल गाउँपालिका– २ बस्ने २० बर्षीय अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने १८ बर्षीय इन्दल यादव पक्राउ परेका हुन् ।

पुस २० गतेदेखि आफूलाई फोन गरेर जिस्काएको र अपशब्द प्रयोग गरेको भनी कलैया उपमहानगरपालिका– १८ को एक महिलाले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फोन गरी जिस्क्याउने र पटक पटक अपशब्द प्रयोग गरी धम्कीसमेत दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी गौतम मिश्रले जानकारी दिए । उनीहरुलाई प्रहरीले कलैया–१ बाटै नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद लिएर उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?