Comments Add Comment

शाइन रेसुङ्गा र ई–सेवाबीच सम्झौता

१० माघ, बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैक र ई सेवा फोन पे प्रा.लि. बिच वित्तीय पहुंच बृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

यस सम्झौतापछि ग्राहकले शून्य मौज्दातमा खाता खोल्न सक्ने र निःशुल्क बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र ई–सेवा फोन पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका छन् ।

प्रदेश ५ मा केन्द्रीय कार्यालय रहेका तीन वटा विकास बैंकहरु मिलेर हालै मात्र राष्ट्रियस्तरको विकास बैंक बनेको शाइन रेसुंगाले शाखा सञ्जाल र आधुनिक बैंकिङ सेवा विस्तार गर्ने नीति अनुसार सर्वसाधारणमा वित्तीय पहुंच र वित्तीय साक्षरता बृद्धि गर्ने उद्देश्यले ई सेवा फोन पे प्रा.लि.संग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।

अधिकृत पूँजी पांच अर्ब र जारी पूँजी दुई अर्ब ६२ करोड रहेको बैंकको प्रदेश ५ का १० तथा बागमती र गण्डकी प्रदेशमा एक–एक गरी गरी १२ जिल्लामा ७० वटा शाखा र एक एक्सटेन्सन कार्यालय छन् । बैंकका ग्राहक तीन लाख ८० हजार रहेका छन् ।

बैंकले निकट भविष्यमै संघीइ राजधानी काठमाडौंसहित सात वटै प्रदेशका मुख्य शहरमा शाखा कार्यालय विस्तारको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment