Comments Add Comment

छापामा आज : दर्जनौं व्यक्ति ठग्ने धर्मगुरु नाम बदलेर फेरि सक्रिय

नोवल कोरोना संक्रमित बिरामी नेपालमा भेटिएको विषय आजका अखबारहरूको प्राथमिकतामा परेको छ । कांग्रेसको विवाद समाधान भएको खबरलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । साथमा खोजमूलक रिपोर्ट र शनिबारीय सामग्री त छँदैछन् ।

धर्मको नाममा भइरहेको ठगीबारे कान्तिपुरले चिरफार गरेको छ । कान्तिपुरका अनुसार, एक व्यक्तिले अदालतबाट छुटेलगत्तै आफ्नो नाम परिवर्तन गरेर फेरि पुरानै क्रियाकलापलाई निरन्तरता दिएका छन् ।

ती व्यक्ति हुन् आफूलाई बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी–विजय भण्डारी । कान्तिपुरका अनुसार, कुनै बेला भण्डारी विष्णु प्रपन्नाचार्यजी महाराजको नाम दिएर ठगी धन्दामा सक्रिय थिए । उनले ०६८ मा नेपालका चचिर्त गुरु भन्दै बनारस पुगेर आफूले अमेरिकामा हुने वल्र्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन गर्न लैजान लागेको भन्दै करिब १ सय जना विद्यार्थीबाट जनही १ लाख रुपैयाँ उठाएर ठगी गरेका थिए । ठगिएकामध्ये केहीलाई उनले रकम फिर्ता गरे पनि बाँकीले अझैसम्म न्याय नपाएको समाचारमा उल्लेख छ । तिनै ठग महाराज अहिले फेरि नाम फेरेर सक्रिय बनेका छन् ।

बजार अनुगमन र दोषीमाथिको कारबाही अवस्थाबारे पनि कान्तिपुरले नजर लगाएको छ । कान्तिपुरका अनुसार बजार अनुगमन गरिए पनि दोषीमाथि भने कारबाही हुन सकेको छैन । अधिकांश फाइल थन्किने गरेका छन् ।

‘वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बजार अनुगमनमा जान्छ, विवरण पनि ल्याउँछ तर पछि त्यत्तिकै सुस्ताउँछ,’ कान्तिपुर समाचारको सार छ ।

अन्नपूर्णले एमसीसीबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, यो थप सकसमा परेको छ । कांग्रेस विवाद समाधानदेखि रातो मासुको कालो धन्दासम्मका विषय अन्नपूर्णको पहिलो पृष्ठमा समेटिएका छन् ।

नागरिकले नेपालमा भित्रिएको कोरोना भाइरसबारे चर्चा गरेको छ भने गोरखापत्रमा ४ स्मार्ट सिटीको डीपीआर तयार भएको खबर छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment