Comments Add Comment

पश्चिम सेतीका लागि कचौरा बोकेर प्रदर्शन

११ माघ, काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’को नारा दिएर युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

आफूहरु आयोजनाका लागि कचौरा लिएर माग्न बसेको आयोजक बोलन्य थली धनगढीका संयोजक यादव जोशीले बताए । उनले भने, ‘आयोजना बन्ने आशमा जनजीविकासँग जोडिएको काम पनि गर्न नपाउने, आयोजना पनि नबन्ने अवस्था बन्यो । यो तत्काल अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

सरकारले सन् २०१२ मा पश्चिम सेती आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो । तर लामो समय आयोजना ओगटेर बसेको उसले क्षमता घटाएर पनि बनाउन चाहेन । बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाइ र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेती बाहिरियो ।

अहिले एसआर-६ समेत बनाउने गरी पश्चिम सेतीका लागि लगानीकर्ताको खोजी भइरहेको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment