Comments Add Comment

बार्सिलोना भ्यालेन्सियासँग पराजित

१२ माघ, काठमाडौं । लिग लिडर बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको हो ।

गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले पेनाल्टी बचाए पनि बार्सिलोना २–० ले पराजित भयो ।

भ्यालेन्सियाका लागि दुवै गोलमा म्याक्सी गोमेज सामेल भए । तर सुरुमा उनले नै पेनाल्टीमा गोल गर्न सकेका थिए । म्याक्सीले एक गोल गरे भने उनकै प्रहारमा एक आत्मघाती गोल भएको थियो ।

खेलको १२ औं मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले फाउल गरेपछि भ्यालेन्सियाले पेनाल्टी पाएको थियो । तर म्याक्सी गोमेजको प्रहार बार्सिलोनाका गोलकिपर टेर स्टेगनले बचाए ।

दोस्रो हाफमा भ्यलोन्सियाले २ गोल गर्‍यो । ४८ औं मिनेटमा उनै म्याक्सी गोमेजको प्रहार बार्सिलोनाका जोर्दी अल्वालाई डिफ्लेक्ट हुँदै गोल भयो ।

यस्तै ७७ औं मिनेटमा म्याक्सी गोमेजले भ्यालेन्सियाका लागि दोस्रो गोल गरे ।

हारपछि बार्सिलोना शीर्ष स्थानमा यथावत् त छ तर रियल मड्रिडसँग समान अंक छ भने रियलले एक खेल कम खेलेको छ ।

२१ खेलबाट बार्सिलोनाको ४३ अंक छ । २० खेलबाट रियलको ४३ अंक छ । रियलले सोमबार रियल भाल्लाडोलिडसँग खेल्दैछ । उक्त खेलमा जित र वा बराबरीले रियल मड्रिड शीर्ष स्थानमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment