१३ माघ, काठमाडौं । रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा रियल भाल्लाडोलिडलाई १–० ले पराजित गर्दै रियलले ३ अंकको स्पष्ट अग्रता लिएको हो । बार्सिलोना पराजित भएको फाइदा रियलले उठायो ।
रियल मड्रिडको जितमा नाचोले एक मात्र गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ७८ औं मिनेटमा टोनी क्रसको पासमा नाचोले गरेको गोल निर्णायक बन्यो ।
जितपछि २१ खेलबाट ४६ अंक जोडेको छ । समान खेलबाट ४३ अंक रहेको बार्सिलोना दोस्रो स्थानमा झरेको छ । यसअघि बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको थियो ।
प्रतिक्रिया 4