Comments Add Comment

जुम्ल्याहा बच्चाले सामना गर्ने समस्या

विवाहपछि बच्चा हुनु एउटा सामान्य र महत्वपूर्ण कुरा हो । बच्चा जन्मिएपछि नै एउटा परिवारमा खुशीयाली छाउँछ । उक्त परिवार पूर्ण भएको महसुस हुन्छ । धेरै दम्पतिहरुमा बच्चाको जन्म नहुँदा अर्थात बच्चाविहिन हुँदा विभिन्न मानसिक समस्याहरुको सामना गर्नु परिरहेको हुन्छ ।

कतिपय दम्पतिहरु बच्चाको सुखभोगबाट बञ्चित पनि भएका छन् । त्यसैले बच्चा जन्मनु भनेको परिवार पूर्ण हुनु र एउटा त्यस्तो सुखको प्राप्ती गर्नु हो, जसको बयान शब्दमा गर्न सकिंदैन । परिवारमा एउटा बच्चाले आफ्नो जन्मसंग यति धेरै खुशी र रमाइलो क्षणहरु आफुसंगै ल्याउँछ, जसमा समस्त परिवारका सदस्यहरु रमाउँछन् । अझ परिवारमा कसैको जुम्ल्याहा बच्चा भयो भने त झन् यो खुशी दुई गुणा धेरै हुन्छ । तर जुम्ल्याहा बच्चाहरुले विभिन्न समस्याहरुको सामना पनि गर्नु पर्छ भन्ने कुरा पनि बिर्सनु हुँदैन ।

परिवारमा बच्चाको भाइ-बहिनी जन्मिनु रमाईलो कुरा हो । आफुसंगै खाने, झगडा गर्ने र खेल्ने कोही त हुनै पर्छ । जब तीनै भाइ अथवा बहिनी युवा अवस्थामा पुग्छन्, त्यो समय रमाइलो हुनुको साथ-साथै केही जटिल पनि हुन्छ । त्यसमा पनि आफुसंग-संगै जन्मेर हुर्केका भाइ अथवा बहिनीको कुरा गर्नु पर्दा अनेकौं किसिमका  समस्याहरु आइपर्छन्  । त्यस्ता केही समस्याहरु जुन जुम्ल्याहा बच्चाहरुले सामना गर्नु पर्ने हुन्छ ।

पहिलो समस्या- चिन्नै गार्हो हुने

यदि दुबै जुम्ल्याहा बच्चाहरु दाजु-भाइ अथवा दिदी-बहिनी छन् र उनीहरुको अनुहार पनि उस्तै छ भने उनीहरुलाई चिन्न गाह्रो हुन्छ । यो समस्याले स्वयं उनीहरु नै ग्रसीत हुन्छन् । प्रायः आमा-बुबाले जुम्ल्याहा बच्चाहरुले एकै प्रकारको पहिरन लगाइदिएर त्यस्तो कन्फ्यूजनलाई अझ बढाइरहेका हुन्छन् । उनीहरु आफ्ना बच्चालाई सानो-तिनो भिन्नताले चिनेता पनि अन्य मानिसहरुलाई चिन्न गाह्रो हुन्छ । उनीहरुको परिचय बिस्तारै समयसंगै फरक हुँदै गएता पनि तर पूर्णरुपले अन्त्य हुँदैन । कहिलेकाहिं झुक्किने घटनाहरुले हँसाउने मौका उत्पन्न भएता पनि कहिलेकाहीं त्यहि झुक्किने कारणले ठूलै गडबडी पनि हुन सक्छ ।

दोस्रो समस्या-स्कुलदेखि नै तुलना 

जुम्ल्याहा बच्चाहरु जब स्कुल अथवा कलेज जान थाल्छन्, तब ती दुबैबीचमा तुलना स्वभाविक रुपमा हुन्छ । यदि ती दुईमध्ये एउटा पढाईमा अति तेज र अर्कोको पढाई औसत छ भने औसत पढाई भएको विद्यार्थीको जीवनसंग तुलना गर्ने कारण अति पीडादायक हुन्छ । घरका सदस्यहरु मात्र होइन, साथीभाइ र नातेदारहरुले पनि पढाई कम भएका कारण विभिन्न कुराहरु गर्न थाल्छन् । बारम्बार तुलना गर्नाले कुनै पनि बच्चामा राम्रो सुधार हुने सम्भावना कम हुन्छ । धेरै बच्चाहरुको पढाई झन्-झन् बिग्रँदै जान्छ ।

तेस्रो समस्या- एउटा राम्रो अर्को नराम्रो

यो समस्या माथि उल्लेख गरिएको समस्यासंग मिल्दो-जुल्दो छ । दुई मानिसहरुमध्ये एउटालाई राम्रो र अर्कोलाई नराम्रो भन्ने मानिसहरुको आम बानी हो । यदि जुम्ल्याहा छन् भने त झन् केही समयपछि मानिसहरुले एउटा बच्चालाई राम्रो र अर्कोलाई बिग्रेको भन्न पनि पछि पर्दैनन् । तपाईं अहिले जस्तो भए पनि, ठूलो भएर जस्तो बने पनि मानिसहरुले अहिले देखि नै तपाईंको बारेमा भविष्यवाणी गर्न थाल्छन् । यस्तो बेला जुम्ल्याहामध्ये जसलाई खराब भनिएको छ, उ झन्-झने बिग्रने सम्भावन हुन्छ । अर्कोतिर राम्रो भनिएको बच्चा बिस्तारै घमण्डी स्वभावको हुन सक्छ । त्यसैले बच्चाहरुलाई राम्रो र नराम्रो भनेर तुलना गर्नु नै अनावश्यक कुरा हो ।

चौथो समस्या-जुम्ल्याहाको करियरको चिन्ता

सामान्यतया के भन्ने गरिन्छ भने जुम्ल्याहाहरु दिमागी रुपले, मन पर्ने-मन नपर्ने कुराहरु पनि उस्तै-उस्तै हुन्छ । जुम्ल्याहा विषयमा बन्ने चलचित्रहरुमा त एउटालाई चोट लाग्दा अर्कोलाई दुख्नेसम्मका प्रसंगहरु देखाइन्छ । वास्तविक जीवनमा भने त्यस्तो हुँदैन । हो, त्यसैले अभिभावक तथा आफन्तहरु दुबै जुम्ल्याहा सन्तानहरुले एउटै विषयमा करियर बनाउने छन् भन्ने कुरा अनुमान लगाउन थाल्छन् ।

वास्तविकता के हुन्छ भने अधिकांश जुम्ल्याहाहरु केही कुराहरुलाई छाडर एक-अर्काको पर्याय रुपले अलग-अलग हुन्छन् । चलचित्रबाट प्रभावित हुनेहरु जुम्ल्याहाहरुलाई एउटै क्षेत्रमा करियर बनाउने सल्लाह दिन्छन् । त्यस्तो बेला जुम्ल्याहामध्ये एक जना पछाडि नै रहने सम्भावना अत्यधिक हुन्छ । जसका कारण उनीहरुबीचकै सम्बन्ध बिग्रन सक्छ । पछाडि पर्ने व्यक्तिमा कुण्डाले स्थान पाउन सक्छ । त्यसैले दुबै बच्चाहरुलाई उनीहरुको रुची-अरुचीका बारेमा अलग-अलग तरिकाले तथा कुनै दवाव बिनानै करियर छनोट गर्ने अवसर प्रदान गर्नु पर्छ ।

पाँचौं समस्या-  विवाहपछि बेग्लै तुलना

त्यसो त एउटा निश्चित समयपछि दुबैबीचको तुलना गर्ने क्रम स्वतः घट्न थाल्छ, यद्यपि पूर्ण रुपले बन्द नै भने हुँदैन । बाल्यकालको जस्तो राम्रो अथवा नराम्रो भन्ने शैलीको तुलनाले ठूलो भएपछि परिवर्तित रुप लिन्छ । ठूलो भएपछि कसलाई बढि राम्रो देखिएको छ, कसले धेरै पैसा कमाइरहेको छ अथवा को आफ्नो जीवनमा राम्ररी सेटल भएको छ भन्ने कुरामा तुलना हुन थाल्छ ।

यी सबैबीच राम्रो कुरा के हुन्छ भने ठूलो भएपछि अधिकांश जुम्ल्याहाहरु यो कुरा आफैं बुझ्न थाल्छन् । उनीहरुले समझदारीपूर्वक आफूहरुबीचको तुलनालाई बुझ्छन् र त्यसलाई आफ्नै प्रकारले समाधान गर्न थाल्छन् र खुशी पनि हुन्छन् । उनीहरुलाई खुशी देखेर तुलना गर्नेहरुको मुख आफैं बन्द हुन्छ । यो बुझाइ जुम्ल्याहाहरुमा जति छिटो विकसित हुन्छ, उनीहरु खुशी रहने सम्भावना उति नै बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment