+
+

वीरगञ्जमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर बम भएको पुष्टि, सेनाद्वारा निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १३:००

१३ माघ, वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अंसारीको घर अगाडि फेला परेको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ । वीरगञ्ज–८ पानीट्याङकीस्थित घर अगाडि राखिएको बम नेपाली सेनाको टोलीले डिष्पोज गरेको हो ।

वीरगञ्जस्थित चण्डीप्रसाद गणको बम डिष्पोजल टोलीले बम डिष्पोज गरेको हो । चण्डीप्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले अन्सारीको घर अगाडि राखिएको बस्तु बम नै भएको पुष्टि गरे । ‘प्रेसर कुकरभित्र इलेक्ट्रिक वायर, डेटोनेटर र ब्याट्री समेत भेटिएको छ,’  उनले भने, ‘बम त बम नै थियो, कुन प्रकारको हो भनेर भन्न सक्ने अवस्था छैन ।’

बमको बारेमा बढी जानकारी राख्ने दक्ष इन्जिनियर हेटौंडास्थित पृतनामा हुने भएकोले बरामद भएका समान थप अनुसन्धानका लागि हेटौंडा पठाउने तयारी भइरहेको उनले बताए ।

घर अगाडि शंकास्पद वस्तु देखेपछि अन्सारी परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले त्यस क्षेत्रमा सर्वसाधरणलाई आवतजावत गर्न रोक लगाएर सेनालाई खबर गरेको थियो ।

प्रहरीले सीसीटिभी क्यामेरा फुटेज हेर्ने लगायत थप अनुसन्धान सुरु गरेको छ । फुटेजमा तीन जना युवा त्यस क्षेत्रमा देखिएको स्रोतले जनाएको छ ।

तर पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेकोले केही भन्न सक्ने अवस्था नरहेको बताए । ‘डेटोनेटर भेटिएको छ, लेदो पनि थियो,’ उनले भने, ‘कसले राखेको हो ? अनुसन्धान गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?