
१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय मुक्ति र जातीय साम्प्रदायिकताको विषयलाई एकै ठाउँमा गोलमाल गर्दा नेपालमा सामाजिक न्याय कमजोर बनेको बताएका छन् ।
सोमबार नेकपाको भातृ संगठन आदिवासी जनजाति महासंघ नेपालको सपथ समारोहमा अध्यक्ष प्रचण्डले कम्युनिस्टले भनेको जातीय मुक्ति जातीय साम्प्रदायिकता र जातीय संकीर्णताभन्दा भिन्न रहेको जिकिर गरे ।
नेपालमा जातीय मुक्ति र वर्गीय मुक्ति अन्तरसम्बन्धित रहेको भन्दै उनले यसलाई सही ढंगले परिभाषित गर्न नसकिएको बताए । ‘यो समानताको, मुक्तिको विषय हो’ उनले भने ‘वर्गीय मुक्ति र जातीय मुक्तिको अन्तरसम्बन्धलाई ठीक ढंगले परिभाषित गरेर अघि बढिदैन, तबसम्म न जनवादी क्रान्तिले पूर्णता प्राप्त गर्ने न समाजवादी क्रान्तिको तयारी राम्रोसँग हुन्छ ।’
प्रचण्डले नेपालको संविधानमा केही परिवर्तन गर्नुपर्ने देखिए पनि जातीय समानताका लागि धेरै विषय संबोधन भएको पनि बताए । ‘संविधानले उपलब्धीको रक्षा गर्ने र निरन्तर अघि बढ्ने ठाउँ दिएको छ’ उनले भने ।
शोषण उत्पीडनमा राखिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने बातावतारण नबनाएसम्म समानताको कुरा गर्नु भ्रममात्र हुने प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया 4