Comments Add Comment

‘चपली हाइट ३’को ‘चारानाको मसला’मा स्वस्तिमा र सुपुष्पाको डान्स

चलचित्र ‘चपली हाइट ३’को एक गीतको छायांकनसँगै यसको सम्पूर्ण छायांकन सकिएको छ । चलचित्रमा समावेश ‘चारानाको मसला’को छायांकन काठमाण्डौको ठमेलमा अवस्थित एक क्लबमा गरिएको हो ।

यो गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर, सुवाष भुषालको संगीत छ । यो गीतको भिडियोलाई प्रदिप लामाले कोरियोग्राफी गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारहरु स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचरिङ गरिएको छ ।

अर्जुन कुमारको निर्माणमा बनेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रको यो गीतमा नायिकाद्धय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट बोल्ड देखिएका छन् ।

चलचित्र ‘चपली हाइट ३’ चैत्रको २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई सस्पेन्स कथालाई प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment