+
+

प्रदेश पूर्वाधार प्राधिकणको सीईओमा मजगैँया नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १८:३५

१३ माघ, बुटवल । प्रदेश ५ को प्रादेशिक पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दाङका ईन्जिनियर ध्रुब मजगैँया नियुक्त भएका छन् ।

प्रदेश ५ को सोमबार बसेको मन्त्री परिषद् बैठकलले मजगैँयालाई नियुक्त गरेको सरकारकार प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

मन्त्री परिषद् बैठकले आगामी वर्षको वैैशाख ४ र ५ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । जसको लागि विभिन्न तयारी समिति गठन गरिएको छ ।

यस्तै मन्त्री परिषद्ले जनता आवास कार्यक्रम कार्यविधिलाई परिमार्जन गरी नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका-५ मा रहेको सुस्ता टोलमा रहेका दलित समुदायलाई मात्रै जनता आवास कार्यक्रमबाट घर निर्माण गर्ने भनिएकोमा टोलका विपन्न सबै समुदायका व्याक्तिहरुलाई घर निर्माण गरिदिने गरी कार्यविधि संशोधन गरेको छ ।

बैठकले प्रदेश स्वाथ्य सेवा ऐन २०७६ लाई सैद्धान्तिक स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?