Comments Add Comment

प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ मा

१३ माघ, विराटनगर । प्रदेश १ सरकारले माघ २३ गतेका लागि हिउँदे अधिवेशन आव्हान गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ २३ गते दिउँसो ३ बजेका लागि हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बैठक आह्वान गर्ने प्रावधान छ । हिउँदे अधिवेशनबाट नै प्रदेश सरकारले प्रदेशको नामको टुंगो लगाउने तयारी गरेको छ ।

सोमबार बसेको बैठकले हिउँदे अधिवेशनमा पेस गर्ने पाँचवटा विधेकयलाई प्रदेशसभामा पेस गर्ने सैद्धान्तिक सहमति दिएको छ । प्रादेशिक औद्योगिक व्यावसाय सम्बन्धी विधेयक, प्रदेश वन विधेयक, प्रदेश बातावरण संरक्षण सम्बन्धमा व्यावस्था गर्न बनेको विधयेक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा गर्न बनेको विधेयक र प्रदेश बालबालिका अधिकार सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने अनुमति दिएको हो ।

मुख्यमन्त्रीका तीन सल्लाहकार

सोमबार बसेको मन्त्रीपरिषद बैठकले मुख्यमन्त्री शेरधन राईको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा महेन्द्र गुरुङ र आइटी विज्ञमा किशोर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले सार्वजनिक निजी सहकारी साझेदारी लगानी प्राधिकरणको (प्रदेश लगानी बोर्ड) प्रमुख कार्यकारी निर्देशकमा डाक्टर सरोज कोइरालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment