+
+
Shares

लक्ष्मी बैंकले ६ महिनामा कमायो ९० करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते ११:१८

१४ माघ, काठमाडौं । लक्ष्मी बैंकले ९० करोड ३० लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म बैंकले उक्त नाफा कमाएको हो ।

अघिल्लो वर्षको तुलनामा बैंकको नाफा करिब २५ प्रतिशतले सुधार भएको छ । गत वर्षको सोहि अवधिमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

९ अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ८० पैसा बढेर १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित भएको छ । पुस मसान्तसम्ममा बैंकको कष्ट अफ फण्ड ७.२१ प्रतिशत, आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२३ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको वितरण योग्य नाफा भने ५९ करोड १८ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?