+
+
Shares

वर्षाको मुस्कान

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १५:२८

नायिका वर्षा राउतले ८ महिनापछि नयाँ चलचित्रमा काम गर्ने पक्का गरिन् । वर्षा आफै पनि अब असफल चलचित्र आफूले सहन नसक्ने बताउँदै आएकी छिन् । यसैले पनि उनले नयाँ चलचित्र साइन गर्न लामै समय लगाएकी हुन् ।

नायिका वर्षा राउत चलचित्र ‘२ नम्बरी’को घोषणा सभामा उपस्थित हुँदा उत्साहित देखिइन् । लामो समयपछि चलचित्रका लागि एक्सन कट गर्न तयार वर्षाको खुशी उनको अनुहारमा झल्किन्थ्यो । उनले, लामो समय चलचित्र साइन नगर्दा मिडियाको दबाब बढी हुने भन्दै असन्तुष्टी पनि पोखेकी थिइन् ।

वर्षाको पहिरन स्टाइल आकर्षक थियो । उसो त, वर्षालाई दुब्लाउन नसकेको आरोप पनि लाग्दै आएको छ । तर, नायिकाले आफूलाई दर्शकले यस्तै गेटअपमा रुचाएको बताइन् । उनी, अभिनित पछिल्लो चलचित्र ‘जात्रै जात्रा’ जेठमा रिलिज भएको थियो ।

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?