+
+
Shares

राष्ट्रपतिद्वारा प्रजातान्त्रिक पार्कको अनावरण

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १८:५१

१४ माघ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा उपमहानगरपालिका-११ शहीद पार्कमा निर्माण भएकोे प्रजातान्त्रिक पार्कको अनावण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनका लागि लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको शालिकको अनावरण गरेकी हुन् ।

स्मारक विकास समितिको आयोजनामा शहीद सप्ताहको अवसरमा राष्ट्रपति भण्डारीले इलेक्टि्रक स्वीच थिचेर प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको शालिक, रजत जयन्ती स्तम्भको अनावरण गरेकी छन् ।

शालीकको अनावरण गर्नुहुँदै राष्ट्रपति भण्डारीले विभिन्न चरणमा भएका राजनितिक आन्दोलन र सहिदहरुको त्याग र बलिदानबाट नै नेपाल संघीय गणतान्त्रिक युगमा प्रवेश गरेको बताइन् ।

शहीदहरुको त्याग र बलिदानलाई जीवन्त बनाइराख्न र भावी पुस्तालाई राजनितिक आन्दोलनबारे जानकारी प्रदान गर्न पनि प्रजातान्त्रिक पार्कले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

शहीदहरुको नाममा मात्रै परिचित बनेको स्मारक राजनितिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएकोप्रति खुशी व्यक्त गर्दै शहीदहरुबारे अध्ययन गर्नका लागि स्मारक महत्वपूर्ण थलो बन्ने बिश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर कम गर्न पर्यावरणमैत्री विकासमा जोड दिन बागमती प्रदेश सरकारलाई आग्रह गरीन् ।

विश्वव्यापी रुपमा पर्यावरणमा प्रतिकुल प्रभाव परेकोले जलवायु परिवर्तन भइ जैविक विविधता संकटमा परेको बताउँदै उनले चुरे क्षेत्रमा रहेको जीव र बनस्पतिको संरक्षणका लागि वातावरणीय सन्तुलन कायम गर्नुपर्ने खाँचो औंल्याइन् ।

प्रदेशको राजधानी हेटौंडा भएसँगै बागमती सरकारले गुणस्तरीय शिक्षा र स्वास्थको सेवा जनतामाझ पुर्‍याउन ध्यान दिनुपर्नेमा जोड दिइन् ।

यस्तै राष्ट्रपती भण्डारीले जननेता मदनकुमार भण्डारीको शालिकमा माल्यापर्ण गर्दै स्मारक हाताभित्र स्थापना गरिएको २५ औ रजत जयन्ती स्तम्भको उद्घाटन र स्मारीका लोर्कापणका साथै शहीद स्मारकमा शहीदहरुप्रति पुष्पगुच्छा अर्पण गरेकी थिइन् ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अब देशले परिवर्तनका लागि रगत होइन, समृद्धिका लागि पसिना र पौरख मागेको बताए ।

२५ औं रजत जयन्तीको अवसरमा स्मारकमा एकै ढुङगामा १२ शहीदहरुको प्रतिमा कुद्ने कालीगढ कमलेश महर्जन, गोबिन्द चौधरी र पृथ्बी श्रेष्ठलाई सम्मान गरिएको छ ।

यसैगरी दीर्घ सेवा सम्मानबाट स्मारक विकास समितिका व्यवस्थापक रामचन्द्र न्यौपान र स्मारक निर्माण उपभोक्ता समितिका प्रथम अध्यक्ष हरिशरण सुबेदीलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवम् मख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल, स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानालगायतले शहीदहरुको सपनालाई साकार पार्न समृद्धिको लक्ष्यमा अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?