Comments Add Comment

बर्दियामा आफैंले बोकेको बन्दुक पड्केर प्रहरी घाइते

१४ माघ, काठमाडौं । विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न गएका एक जना प्रहरी आफ्नै बन्दुक पड्किँदा घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय, ढोडरीमा कार्यरत् प्रहरी विप्लव समूहका कार्यकर्ताबारे सूचना पाएपछि मधुवन नगरपालिका-४, मौवामा पुगेको थियो ।

तर, त्यहाँ भुलवश प्रहरीले बोकेको हतियार पड्किँदा एक जना घाइते छन् । घाइते हुने प्रहरीको परिचय खुलाइएको छैन ।

घाइते प्रहरीलाई भेरि अस्पताल, नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख एसपी राजेशनाथ बाँस्तोलाले अनलाइनखबरलाई बताए ।

प्रहरीको दाहिने खुट्टामा गोली लागेको प्रारम्भिक जानकारी आएको जनाइएको छ ।

टोलीले विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ भने दुई जना फरार छन् ।

पक्राउ पर्नेमा जयबहादुर ठाडा मगर र रोहित सुनार छन् । मगर विप्लव समूहको जिल्ला जनपरिषदका अध्यक्ष हुन् ।

फरारको खोजी जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment