Comments Add Comment

सीएमजी क्लबले अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल खेल्न

काठमाडौं : नेपालको सीएमजी क्लबले भारतको गुवाहाटीमा आयोजना हुने छैटौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

युनाइटेड ब्रदर्स क्लबको आयोजनामा हुने च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । बिहीबारबाट सुरु हुने च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्न बालगोपाल महर्जनको कप्तानीमा नेपाली टिम बुधबारै त्यसतर्फ प्रस्थान गर्दैछ ।

च्याम्पियनसीपमा भारतको मनिपुर, कोलकत्ता, बंगलादेश, नयाँ दिल्लीका क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा नेपालको सीएमजी टिमले प्रतिस्पर्धा गर्नेछ । टिममा नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु रहेका छन् ।

सीएमजी यस अघिका दुई संस्करणमा भने सेमिफाइनलसम्म पुगेका थिए । यस संस्करणमा भने टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ । यस संस्करणमा सीएमजीले उपाधि जित्ने लक्ष्य बनाएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले गत सिजन आफ्नै कप्तानीमा खेले पनि यस पटक जान नपाएकोले मिस हुने बताए ।

कप्तान बालगोपाल महर्जनले यसपटक उपाधि जित्ने लक्ष्का साथ खेल्ने बताए ।

सीएमजी टोलीलाई बुधबार सीएमजी क्लबका निर्देशक नरेन्द्र शाह, अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्र मान सिंह, लिग डिरेक्टर तथा पूर्वडीआईजी विज्ञान राज शर्माले बिदाई गरे ।  १८ खेलाडीसहित २० सदस्यीय टोली बुधबार भारत प्रस्थान गर्दैछ ।

सीएमजी नेपाली भेट्रान टिम :

बाल गोपाल महर्जन (कप्तान)

राजकुमार केसी

राकेश श्रेष्ठ

जिवेश पाण्डे

राजु सिंह महर्जन

सनोज श्रेष्ठ

सरोज थापा

संजय राना मगर

प्रदीप महर्जन

नरेश श्रेष्ठ

सुजित केसी

विजय श्रेष्ठ

पान्डब खाती

दीपक लामा

छन्नु राम चौधरी

नरेन्द्र लिम्बु

भुपेन्द्र लिम्बु

सन्तोष बस्नेत

प्रशिक्षक – राजेश मानन्धर

व्यवस्थापक – जय कृष्ण श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment