Comments Add Comment

जिप र मोटरसाइकल ठोक्किँदा एक दम्पतिको मृत्यु

१५ माघ, जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको जिप बुधबार एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँ बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी ४० वर्षीया पत्नी प्रमिला साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा साहका ९ वर्षीय छोरा जोन साह समान्य घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । घाइते जोनलाई उपचारका लागि समर अस्पताल गोदार पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment