Comments Add Comment

‘सेन्टी भाइरस’मा परिवार भित्रको राजनीतिको कथा

पारिवारिक र राजनीतिक बिषयवस्तुलाई समावेश गरेर तयार पारिएको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलर रिलिज गरियो ।

चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतलाई देखाइएको छ । यो चलचित्रले विशेषगरि, श्रीमान् श्रीमतीको घर झगडा, फरक पार्टीमा आवद्ध हुँदा आउने समस्यालाई उठान गरेको छ ।

डिन्डु लामाको लगानीमा बनेको यो चलचित्रमा फुर्पा होल्मो सह–निर्माताको रुपमा छन् । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको समपादन, राजनराज सिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको संगीत छ । यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्रबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment