Comments Add Comment

राप्रपाको केन्द्रीय समितिमा पेश हुने प्रतिवेदन अनुमोदन

१५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ १७ देखि हुने केन्द्रीय समितिको बैठकमा पेश हुने विभिन्‍न प्रतिवेदन अनुमोदन गरेको छ ।

बुधबार बसेको बैठकले अध्यक्ष कमल थापाको राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी ६ पृष्ठ लामो प्रतिवेदनमाथि सघन छलफल गरी सर्वसम्मतिले पारित गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै महामन्त्री भास्कर भद्राले पेश गरेको सचिवालय र आगामी कार्यक्रमसम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालको आर्थिक प्रतिवेदन पनि बैठकले अनुमोदन गरेको छ ।

राप्रपाको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनबारे छलफल हुनेछ । केन्द्रीय महाधिवेशनका लागि उपाध्यक्ष तोरणबहादुर गुरुङले पेश गरेको सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली २०७६, निर्वाचन निर्देशिका २०७६ र निर्वाचन कार्यतालिकालाई पनि सामान्य परिमार्जनसहित अनुमोदन गरिएको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment