Comments Add Comment

नेकपाका सबै कमिटीले १० प्रतिशत सदस्य मनोनित गर्न पाउने (विधान संशोधन प्रस्तावसहित)

१५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सबै तहका कमिटीले बढीमा १० प्रतिशत सदस्य मनोनयन गर्न पाउने गरी विधान संशोधन हुने भएको छ । महासचिव विष्णु पौडेलले बुधबार केन्द्रीय कमिटी बैठकमा पेश गरेको विधान संशोधन प्रस्तावमा यो व्यवस्था गरिएको हो ।

सबै तहका कमिटीले एकता प्रक्रियालाई अघि बढाउन र योग्य,अनुभवी एवं क्रियाशील व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन आफ्नो कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढाइ सदस्यहरु मनोनयन गर्न सक्ने भनिएको छ ।

यो पनि पढ्नुहोस यतीसँग मितेरी साइनो छैन, व्यापारिक घरानाको विवादमा परिन्न : प्रधानमन्त्री

प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुभन्दा एक तह माथिल्लो कमिटीबाट अनुमोदन गराएपछि मनोनयन लागु हुने व्यवस्था विधानमा गर्न लागिएको हो । नेकपाको प्रस्तावित विधान संशोधनमा काठमाडौं उपत्यकामा उपत्यका विशेष कमिटी गठन गर्ने उल्लेख छ ।

काठमाडौं उपत्यकामा मजदूर, युवा विद्यार्थी, उद्योगी व्यवसायी र पेशागत क्षेत्रको पार्टी कामलाई नेतृत्व प्रदान गर्न अधिवेशनबाट निर्वाचित उपत्यका विशेष कमिटी रहने प्रस्ताव गरिएको छ । कमिटीमा अध्यक्ष र सचिव सहित ७५ सदस्य हुने र उक्त कमिटीको अधिकार प्रदेश कमिटी सरह हुने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस नेकपा बैठकमा महासचिवको प्रस्ताव : तोडमोड गर्नुभन्दा मिडियाबाटै प्रत्यक्ष प्रसारण गरौं

विधानमा पार्टीको रणनीतिक लक्ष्य र कार्यक्रममा समेत सामान्य हेरफेर गरिएको छ । पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र तत्कालिन कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद भनिएको छ ।

हेर्नुहोस् विधान संशोधन प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment