+
+
Shares

चिठ्ठाका नाममा ४९ लाख ठगी गरेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १८:५३

१५ माघ, विराटनगर । चिट्ठाको नाममा ठगी गरेको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अमन समाज नेपालका नाममा चिट्ठा योजना सञ्चालन गरी करिब ४९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका– ६ नयाँटोल बस्ने २२ वर्षीय कम्लेशकुमार मण्डल, जहदा गाउँपालिका – ७ बस्ने ४५ वर्षीय राजेशकुमार साह, ३० वर्षीय किसनदेव साह, श्रवणकुमार महतो र सूर्यनारायण महतो छन् ।

प्रहरीका अनुसार पाँच जनाको समूहले ३० किस्ता बनाइ प्रत्येक किस्तामा ३८० रुपैयाँका दरले सर्वसाधरणबाट रकम असुली महिनामा दुई पटक चिट्ठा खोल्दै आएका थिए । बम्पर पुरस्कार कार/मोटरसाइकल देखाएर सञ्चालकहरुले पंखा,  मोबाइल, कुकर जस्ता सामाग्री चिट्ठामा पार्दै आएका थिए ।

संस्था दर्ता भएपनि चिट्ठा कार्यक्रम अवैध रुपमा चलाएको पाइएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए  ।

दर्ता बिना सो संस्थाले गत वर्षपनि चिट्ठा योजना सञ्चालन गरेको थियो । सो समूहले श्याम पार्टी प्यालेसमा महिनामा दुई पटक चिट्ठा योजना सार्वजनिक गर्दै आएको थियो ।

चिट्ठा योजना सार्वजनिक गर्दा ३८० रुपैयाँका दरले १ हजार १ सय सर्वसाधरणबाट १६ औं किस्तासम्म करिब ४९ लाख रुपैयाँ संकलन गरेको देखिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । कर्मचारी खटाएर चिट्ठा कटाउने र मुनाफा कमाउने गरेको देखिएपछि पक्राउ गरी चिट्ठा ऐन अन्तरगत अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?