Comments Add Comment

आगामी वर्ष लोकप्रिय बजेट ल्याउने नेकपाको संकेत

फाइल फोटो ।

१५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी बजेटले जनतामा अझै उत्साह र भरोसा जगाउनुपर्नेमा जोड दिएको छ । राजधानीमा बुधबार सुरु नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नीति तथा कार्यक्रम लोकप्रिय र सकारात्मक हुनुपर्ने उल्लेख छ ।

वर्तमान अर्थमन्त्रीले ल्याएको पहिलो बजेट लोकप्रिय नरहेको पनि घुमाउरो भाषामा प्रतिवेदनमा स्वीकारिएको छ । ‘गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सन्तुलित र लोकप्रिय रहेको सकारात्मक सन्देशका बाबजुद सरकारले आउँदा दिनहरूमा जनतामा अझैबढी भरोसा र उत्साह जगाउने नीति तथा कार्यक्रम र बजेट ल्याउन विशेष तयारी गर्नु पर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ जेठमा प्रस्तुत गरेको बजेट गैरराजनीतिक भएको भन्दै पार्टी भित्रै आलोचना भएको थियो । गत जेठमा प्रस्तुत बजेटमा भने सामाजिक सुरक्षा भत्ता लगायतका लोकप्रिय कार्यक्रम समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment