Comments Add Comment

छापामा आज : गाँजा र भाङ फुकुवा गर्न सत्तासीन सांसदद्वारा प्रस्ताव दर्ता

१६ माघ, काठमाडौं । बुधबारदेखि सुरु सत्तारूढ दल नेकपाको केन्द्रीय समिति बैठकमा भएका छलफलका विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । त्यस्तै, गाँजा फुकुवाका लागि गरिएको प्रस्ताव, कोरोना भाइरसको संक्रमणलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक समेटेका छन् ।

अन्नपूर्णले नेकपा केन्द्रीय समिति बैठकमाथि केन्द्रित भएर मुख्य समाचार बनाएको छ । आफू नेतृत्वको सरकारको दुईवर्षे उपलब्धिबारे व्याख्यान गरेका ओलीले एमसीसी पारित गर्न प्रस्ताव गरेको समाचारमा उल्लेख छ ।

गाँजा फुकुवा गर्न संसद्मा प्रस्ताव लगिएको अर्को खबर पनि अन्नपूर्णमा छापिएको छ । समाचार अनुसार सत्तासीन नेकपाका सांसद्हरूले गाँजा तथा भाँगो (भाङ) माथिको कानूनी प्रतिबन्ध हटाउन माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका हुन् ।

सांसद् विरोध खतिवडाले गाँजामाथिको कानूनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसद्ले समर्थन जनाएका छन् । मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसद्हरूको माग छ ।

‘आईपीएसमा आक्रामक, एमसीसीमा मौन’ शीर्षक दिएर नेकपा बैठकबारे समाचार बनाएको छ । कान्तिपुर लेख्छ– अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको अनुदान सम्झौतामाथि पार्टी नेताहरूले चर्को संशय व्यक्त गरिरहेका बेला नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भने त्यसबारे मौनता साधिएको छ ।

नेपाल–भारत नाकामै पुस्तक रोकिएको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ । डलरमै भन्सार तिर्नुपर्ने भएपछि नाकामा पुस्तक रोकिएको हो ।

अर्जुन लामा हत्या प्रकरणमा १२ वर्षसम्म प्रहरी अनुसन्धान शून्य रहेको खबर नागरिकमा छ । सरकारी मुखपत्र गोरखापत्रले ‘अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नेपालको विकास’ शीर्षकमा मुख्य समाचार लेखेको छ भने कारोबारले भारतीय पर्यटकलाई नेपाल भ्रमण असहज बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment