+
+

साउना गएका दम्पती मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते ११:०४

१६ माघ, काठमाडौं । ललितपुरकाे फिट एण्ड फाइन जिमखानास्थित साउनामा  वाफ लिन गएका एक दम्पत्तिको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको गएराति निस्सासिएर मृत्यु भएको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव हुन् ।

प्रहरीका अनुसार गर्बुजा मगर दम्पत्ति बुधबार साँझ जिम सकेर साउना लिन गएका थिए । साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि खोजखबर हुँदा उनीहरू भित्रै बेहोस भेटिएका थिए ।

अचेत अवस्थामै उनीहरूलाई पाटन अस्पतालमा लगिएको थियो । त्यहीँ उनीहरूलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?