Comments Add Comment

कोरोना भाइरसको भयबाट कसरी मुक्त हुने ?

छिमेकी मुलुक चीनमा जसरी खतरनाक भाइरस  (कोरोना) को प्रकोपमा आएको छ, त्यो भाइरसले सैयौंको जना मानिसहरुको ज्यान लिइसकेको छ । हजारौं मानिस यो भाइरसबाट संक्रमित भैसकेका  छन् ।

कोरोना भाइरसका कारण हुने खतरनाक निमोनिया जस्तो रोग अब चीनबाट नेपाल, भारत, सिंगापूर, मलेशिया र अमेरिकासम्म पुगिसकेको छ । कोरोना भाइरस भएको मानिस नेपाल नभित्रिन भनेर नाकाहरुमा र त्रिभुवन विमानस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको भएता पनि केही मानिसहरुमा यो भाइरस संक्रमण भएको खबर आइरहेको छ । कोरोना भाइरस अति नै खतरनाक र यसले ज्यान पनि जान सक्छ । सबै भन्दा  महत्वपूर्ण कुरा के हो भने कोरोना भाइरस र रोगको अहिलेसम्म कुनै उपचार अथवा भ्याक्सिन पत्ता लागेको छैन । यस्तो अवस्थामा यदि कोहि व्यक्ति यो भाइरसको चपेटामा आयो भने त्यो व्यक्तिको उपचार हुन सक्दैन । त्यसैले यो खतरनाक भाइरसबाट बच्ने केवल एउटै तरीका भनेको सुरक्षाा अपनाउनु हो ।

कोरोना भाइरसको लक्षण

यो रोगको लक्षण अति नै सामान्य छ र कुनै पनि व्यक्ति कोरोना भाइरसबाट पीडित नभए पनि उसमा यस्तो लक्षणहरु देखिन्छ ।

जस्तै ः नाकबाट सिंगान बगिरहनु, टाउको धेरै दुख्नु, खोकि र कफ हुनु,

घाँटि दुख्नु, ज्वरो आउनु, थकान र बान्ता आउला जस्तो महसुस हुनु,

सास फेर्न गाह्रो हुनु आदि ।

इन्फेक्शन फैलनबाट रोक्ने उपाय

यहाँ दिएको जानकारीमा ध्यान दिएर यसलाई अमल गर्नु पर्छ । जसले कोरोना भाइरस जस्तो खतरनाक इंफेक्शनलाई फैलनबाट रोक्न सकिन्छ । यो भाइरस मान्छेबाट मान्छेमा फैलन्छ कि फैँलदैन भन्ने कुराको पुष्टि अझै भएको छैन । तर पनि सावधानी अपनाउनु अति नै आवश्यक छ ।

चीनमा फैलिएको खतरनाक कोरोना भाइरस झन झन खतरनाक हुँदै गएको छ र यो फैलने क्रम जारी नै छ । चीनको स्वास्थ्य विशेषज्ञहरुले यो भाइरसलाइ अति नै खतरनाक श्रेणीमा राखेका छन् । सबै भन्दा चिन्ताजनक कुरा के हो भने यो रोगमा लक्षण देखिनु अगाडि नै रोगले मानिसहरुलाई आफ्नो चपेटामा लिइसकेको हुन्छ । चीनको वुहानमा मानिसहरुलाई आफ्नो घरमा कैद गरेर राखिएको छ ।   यो शहरबाट कसैलाई पनि निस्कने अनुमति छैन । चीनमा मानिसहरुलाई एकआपसमा हात नमिलाउन सल्लाह दिइएको छ ।

घाँटी सधै रसिलो बनाइराख्नु पर्छ

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामीले आफ्नो घाँटी सधैं रसिलो बनाइराख्नु पर्छ । लामो समयसम्म पानी नखाई प्यासै बस्नु भयो भने तपाईको घाँटिको झिल्ली सुख्खा हुन्छ र यो भाइरसले तपाईमा सजिलै संक्रमित हुन सक्छ । त्यसैले समय समयमा पानी पीइरहनु पर्छ ।

उमालेको पानी पिउनु पर्छ

सधैं पानी उमालेर पीउनु पर्छ । कोरोना भाइरसबाट बच्न पानी उमालेर पिउनु अति नै आवश्यक छ । एकै पटकमा धेरै पानी पिउनु भन्दा तातो पानीलाई चिया जस्तै गरेर विस्तारै विस्तारै पिउनु पर्छ ।

शाहाकारी खाना खानु पर्छ

केही दिनको लागि मांसाहारी खाना खान बन्द गर्नुहोस् । कोरोना भाइरस जनावरबाट मानिसहरुमा सर्ने भएकोले तपाईले कुनै पनि जनावरको मासु नखानु नै बुद्धिमानी हुन्छ । कोरोना भाइरसको प्रकोप रहुञ्जेल तपाई शाहाकारी खाना नै खानु उपयुक्त हुन्छ ।

भिटामिन सीको सेवन

भिटामिन सी तपाईंको रोग प्रतिरोधब क्षमता बलियो बनाउन सहयोग गर्छ । आफ्नो दिनहुँको खानामा सुन्तला, स्ट्रोबेरी, ब्रोकाउली जस्ता भिटामिन सी पर्याप्त मात्रामा भएका कुराहरु सेवन गर्नु पर्छ ।

बी कम्प्लेक्स ट्याब्लेट

भिटामिन सी संगसंगै जिंक र बी कम्प्लेक्स पनि दिनहु सेवन गर्नु पर्छ । यसले पनि तपाईको रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ र तपाई रोगहरुबाट बच्न सक्नु हुन्छ ।

तुलसी र बेसारको काँडा

तातो पानीमा तुलसी, अदुवा, मरीच र बेसार हालेर काँडा तयार गर्ने र दिनहुँ त्यसको सेवन गर्नु पर्छ । यो आयुर्वेदिक र घरेलू उपायले हरेक प्रकारको भाइरस र ब्याक्टोरियाबाट तपाईलाई टाढा राख्न सहयोग गर्छ । धेरै तारेको भुटेको खाना खानु हुँदैन । स्वास्थ्यवर्द्धक खानाहरु खानु पर्छ ।

तातो तातो रस अथवा भेजिटेवल सूप पीउनु पर्छ । यसले पनि तपाईको रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ । तपाईको शरीर सधै रोगहरुसंग लड्नका लागि तयार रहन्छ ।

सार्वजनिक स्थलहरुमा जानुबाट बच्नु पर्छ

केही समय सम्मका लागि भीँडभाड भएको ठाउँहरुमा जानबाट बच्नु पर्छ । सार्वजनिक स्थानमा कसैसंग हात मिलाउनु हुँदैन । सार्वजनिक यातायात र ठाउँहरुमा कुनै कुरालाई छोए पछि  तुरुन्त हृयान्डवाशले हात धुनु पर्छ । फोहोर हातले अनुहार, आँखा, नाक अथवा मुख छुनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment