+

जारागोजाको पोष्टमा चार गोल गर्दै रियल मड्रिड क्वाटरफाइनलमा

२०७६ माघ  १६ गते ११:२२ २०७६ माघ १६ गते ११:२२
जारागोजाको पोष्टमा चार गोल गर्दै रियल मड्रिड क्वाटरफाइनलमा

काठमाडौं । स्पानिस जायन्ट क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो श्रेणीको क्लब जारागोजामाथि ४–० को शानदार जितसिहत रियलले अन्तिम आठमा स्थान बनाएको हो ।

जारागोजाको मैदानमा भएको खेलमा रियलले पहिलो र दोस्रो हाफमा २/२ गोल गर्दै ४ बनायो । छैटौँ मिनेटमा राफेल भरानेलरले पहिलो गोल गरे । ३२ औं मिनेटमा लुकास भजक्वेजले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ७२ औं मिनेटमा भिनिसियस जुनियर र ७९ औं मिनेटमा करिम बेन्जामाले गोल गरेपछि रियलल फराकिलो जित हात पारेको हो ।

रियलसँगै ला लिगका क्लबहरु भ्यालेन्सिया, भियारियाल, ग्रानाडा, एथ्लेटिक विल्वाओ र रियल सोसिडाडले पनि अन्तिम आठमा स्थान बनाएको छ । आज अन्तिम दुई प्रिक्वाटरफाइनलमा बार्सिलोनाले ला लिगाकै लेगानेस र सेभियाले दोस्रो श्रेणीकोमिरन्डाससँग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय