
१६ माघ, काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा सुनको सिक्री लुट्दालुट्दै दुईजनालाई पक्राउ गरेको छ ।
बसपार्क नजिकै सडकमा हिँडिरहेका बेला डेढ तोलाको सुनको सिक्री लुटेर भागिरहेका बेला लमजुङ सुन्दरबजार घर भई हाल काठमाडौं मित्रनगर बस्ने मनबहादुर घर्ती र मकवानपुर मनहरी गाउँपालिका घर भई बालाजु बस्ने सुविना राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले बुधबार काम विशेषले काठमाडौं आएका बागलुङ बरेङ २ का प्रकाश दर्जीको घाँटीबाट सिक्री तानेर लगेका महानगरीप प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4