Comments Add Comment

सरकारले स्थानीय तहका ‘असल अभ्यास’ खोज्ने

१७ माघ, काठमाडौं । केन्द्र सरकारले स्थानीय तहका ‘असल अभ्यास’ खोज्ने भएको छ । सरकारले सबै स्थानीय तह (गाउँपालिका, नगरपालिका)बाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असल अभ्यास माग गरेको छ ।

गाउँपालिका तथा नगरपालिकाले आफ्नो काम कतब्य र अधिकारको अभ्यासका क्रममा उदाहरणीय कामलाई असल अभ्यास मान्दै त्यस्ता कामको सूची केन्द्र सरकारलाई पठाउनु पर्ने भएको छ ।

त्यस्ता कामको संकलन गरी एकै स्थानमा प्रकाशत गरिने भएको छ । यसले उदाहरणीय कामको निरन्तरता हुने र सो काम अन्य गाउँपालिका र नगरपालिकाका लागि समेत उदाहरणीय बन्ने भन्दै प्रचार गर्न लागिएको हो ।

मन्त्रालयले उदाहरणीय कामको सूची बढीमा ५ सय शब्दमा नबढ्ने गरी माग गरिएको छ । कामको पुष्ट्याँई गर्ने विवरण, तथ्य, तथ्यांक र भएसम्म तस्वीरसमेत पठाउन भनिएको छ । १५ फागुनसम्म स्थानीय तहले आफ्ना असल कामको विवरण केन्द्रमा पठाउनु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment