
काठमाडौं । शहीद दिवसका अवसरमा मेरुदण्डिय पक्षघात समुह नेपालले बिहीबार साहसिक ह्वीलचेयर दौड प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा ५४ जना ह्वीलचेयर प्रयोगकर्ता सहभागी थिए ।
पुरुषतर्फ दानबहादुर थिङ प्रथम भएका छन् । उनले नगद १५ हजार र शिल्ड प्राप्त गरे । यस्तै खुमबहादुर पाण्डे द्वितीय र विजय रोकाया तृतीय भएका छन् । उनीहरुले क्रमशः १० हजार र पाँच हजार नगद तथा सिल्ड प्राप्त गरेका छन् ।
यस्तै महिलातर्फ रजनी राई प्रथम भइन् भने पुजा चौधरी र लाली तामाङले क्रमशः द्वितीय र तृतीय पुरस्कार प्राप्त गरे ।
मेरुदण्डीय पक्षघात समुह नेपाल २०७२ सालमा ७ जना मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुद्वारा स्थापना गरिएको सामाजिक संस्था हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4