
१९ माघ, काठमाडौं । राष्ट्रियसभा बैठकमा काठमाडौंमा खोलिएका फिटनेस सेन्टरमाथि प्रश्न उठेको छ ।
राष्ट्रियसभा सदस्य विमला पौडेल राईले आइतबारको बैठकको विशेष समयमा बोल्दै फिटनेस सेन्टरको मापदण्डमाथि प्रश्न उठाएकी हुन् ।
‘यो फिटनेस सेन्टरहरु खोल्ने कसले हो, यसको रजिष्टेशन कहाँ हुन्छ, यसको मापदण्ड के हो ? कर्मचारीले कति पढेको हुनुपर्छ ?’ उनले प्रश्न गरिन् ।
ललितपुरको एक फिटनेस सेन्टरमा साउनामा वाफ लिन गएका दम्पत्तिको मृत्यु भएको प्रशंग उल्लेख गर्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
बैठकमा उपस्थिति कानून मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्रश्न गर्दै उनले भनिन्, ‘दुई जनाको मृत्यु भएपछि हाम्रो आँखा खुल्नु पर्ने हो । फिटनेस सेन्टर मापदण्डअनुसार खुलेका छन् कि छैनन् ?
गत बुधबार ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा वाफ लिन गएका ललितपुर महानगरपालिका-१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको मृत्यु भएको थियो ।
यो पनि पढ्नुस्–जाडो भगाउन साउना जाँदै हुनुहुन्छ ? गुम्सिएर ज्यान जाला !
प्रतिक्रिया 4