+
+
Shares

प्रियंकाकी आमा भन्छिन्–‘उसको शरीरमाथि अरुलाई किन टाउको दुखाई ?’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १३:४८

नायिका प्रियंका चोपडाले ‘६२ औं ग्रामी अवार्ड’मा लगाएको पहिरनले उनलाई आलोचना भोग्नुपर्यो प्रियंकाले यो अवार्डको रेड कार्पेटमा राल्फ एण्ड लारेनको गाउन लगाएकी थिइन् । तर, यो गाउनमा उनी निकै नै बोल्ड देखिएकी थिइन् ।

प्रियंकाको यो पहिरन सामाजिक संजालमा सार्वजनिक भएसँगै उनी ट्रोलको शिकार भइन् । प्रियंका ट्रोलको शिकार भएपछि यो बिषयमा उनकी आमाले पहिलो पटक आफ्नो मुख खोलेकी छिन् ।

प्रियंकाकी आमा मधुले मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘म यो कुराले खुशी छु, किनकी यो कुराले प्रियंका झनै बलियो बनेकी छिन् । उनी आफ्नो शर्त अनुसार जिन्दगी जिउँछिन् । उनले, बोल्ड पहिरन लगाउँदा कसैलाई हानी त भएको छैन नी ।’

उनले अगाडि भनिन्–‘प्रियंकासँग निकै नै आकर्षक शरीर छ । उनको शरीर हो, जे मन लाग्छ गर्छिन्, अरुलाई किन यति धेरै चासो ?’ मधुले, ट्रोल बनाउनेहरुको जिन्दगीमा हाँसो नभएको समेत तर्क गरिन् । भनिन्–‘उनीहरु कप्युटरको पछाडि बसेर काम गर्छन् । उनीहरुको जिन्दगीमा खुशी नै छैन ।’

मधुले प्रियंकाले यो पहिरन लगाउनु अघि आफूसँग कुरा गरेको पनि बताइन् । उनले, आफूलाई पहिरन केही जोखिम लागेपनि प्रियंकाले निकै राम्रोसँग सम्हालेको प्रतिक्रिया दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?